पारस खड्का क्यान सचिवमा विजयी



काठमाडौं,असोज ६ । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् । 

शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदका लागि ८५ मत खसेकोमा खड्का ४८ मत ल्याएर विजयी भएका हुन् । उनका  प्रटिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ११  छ । 

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भैसकेका छन् । 

उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् । 

क्यान पदाधिकारीमध्ये, सचिव, खुला र प्रदेश सदस्यका लागि मतदान भएको हो ।

प्रतिक्रिया दिनुहोस्