देश चरम आर्थिक संकटमा छ, संकट मोचन गर्ने शक्ति एमालेसंग मात्रै छ: महासचिव पोखरेल



काठमाडौं,असोज ८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश चरण आर्थिक संकटमा रहेको बताए । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनका उद्धघाटन समारोहमा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

सोही अवसरमा उनले हालको गठबन्धन सरकारले देशलाई संकटतर्फ धेकेलेको बताए । उनले भने,–‘देशमा चरम आर्थिक संकट छ । गठबन्धन सरकारले देशलाई झन् संकट तर्फ धकेल्दै छ ।’

यद्यपि, देशलाई संकट मोचन गर्ने शक्ति एमालेसंग मात्रै भएको उनको दावी छ । उनले भने,– ‘देश आर्थिक संकटतर्फ धकेलिँदै छ । तर, यस संकट मोचनगर्ने शक्ति नेकपा एमालेसंग मात्रै छ ।’

प्रतिक्रिया दिनुहोस्