नेपाल एसियाड महिला फुटबलबाट बाहिरियो



हाङझाउ,असोज ८ । १९औं एसियाली खेलकुद (एसियाड)को महिला फुटबलमा नेपाल समूह चरणबाट बाहिरिएको छ । समूह डी अन्तर्गत सोमबार भएको खेलमा नेपाल पूर्व विश्वकप विजेता जापानसँग ८–० गोलको हार खेपेपछि बाहिरिएको हो ।

यसअघि नेपाल पहिलो खेलमा भियतनामसँग २–० गोलले पराजित भएको थियो । लगातार दुई हारपछि एसियाड फुटबलमा अगाडिको यात्रा सकिएको नेपालले बिहीबार समूहको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

नेपालका लागि बंगलादेशसँगको खेल प्रतिष्ठाको लडाईं हुनेछ । समूहमा दुई खेल जितेको जापान र भियतनाामको समान ६ अङ्क भएको छ । एसियाड महिला फुटबलमा नेपालको यो पहिलो सहभागिता हो । पहिलो सभागितामै नेपालको प्रदर्शन कमजोर रह्यो । 

प्रतिक्रिया दिनुहोस्