एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु



काठमाडौं,असोज ९ । काठमाडौंमा जारी एमाले बागमती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु भएको छ ।

सोमबारबाट सुरु भएको अघिवेशनको बन्दसत्र काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको हो ।

एमाले बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्