लम्बियो एमाले बागमतीको अधिवेशन, बिहीबार विद्युतीय निर्वाचन हुने



काठमाडौं,असोज ९ । नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशन एक दिन लम्बिएको छ । पहिलो अधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्न नसकेपछि थप एक दिन लम्बिएको हो ।

नेतृत्वमा सहमति जुट्न नसकेपछि असोज ११ गते बिहीबार निर्वाचन हुने एमाले बागमती प्रदेश कमिटिले जनाएको छ । निर्वाचन बिहीबार बिहान ८ बजेदेखि पार्टी प्रदेश कार्यालयमा हुनेछ ।

विद्युतीय मतदान प्रक्रियाबाट निर्वाचन संचालन हुनेछ । सो प्रक्रियामा एक पटकमा ४४ जनाले मतदान गर्न सक्नेछन् । एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने बताइएको छ ।

एमाले बागमती प्रदेशको अधिवेशन मंगलबारदेखि सुरु भएको थियो । मंगलबार काठमाडौंको प्रज्ञा भवन संचालित बन्दसत्रमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्न लागि भएको हो ।

प्रतिक्रिया दिनुहोस्