ग्यास उद्योग संघको नयाँ अध्यक्षमा शिव घिमिरे



काठमाडौं,असोज ११ । नेपाल एलपी ग्यास उद्योग संघले नयाँ कार्यसमिति चयन गरेको छ । संघको २८औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशनले शिव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मती नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण भक्त श्रेष्ठ, उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्र पौडेल, महासचिवमा जीत बहादुर कार्की, कोषाध्यक्षमा आशिष जजोदिया, सचिवमा अमित अग्रवाल चयन भएका छन् ।

यस्तै कार्यसमितिको सदस्यहरुमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, आदित्य पराजुली, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र बुद्धि डल्लाकोटी निर्वाचित भएका छन् ।

मनिषकुमार जोशी, निर्मलकुमार खत्री क्षेत्रीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्