इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत

काठमाडौँ,असोज ११ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका अतिथिहरुलाई स्वागत गरेका छन्। उनीहरुको सम्मानमा महानगरपालिकाले स्वागत कार्यक्रम आयोजना गरेको थियो ।
महानगरपालिकाको निमन्त्रणामा यँया (इन्द्रजात्रा) अवलोकनका लागि ३ वटा देशका ५ वटा नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौँ आएका थिए । यस्तै आन्तरिक भगिनी सम्बन्ध भएका सहरहरुबाट प्रमुखसहित प्रतिनिधिहरु आएका हुन् ।
मौलिक प्रविधि, सिप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।