स्टार खेलाडी विमल घर्तीमगर विदेश पलायन



काठमाडौं,असोज १२ । नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन्।

नेपाल सुपर लिग (एनएसल) का लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडीका रुपमा अनुबन्ध भइसकेका विमल सम्झौता रद्ध गर्दै अस्ट्रेलिया उडेका हुन्। विमल शुक्रबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईको फ्लाइटमार्फत् विदेश उडेका हुन्। दुबईमा केही दिन बसेर उनी त्यहाँबाट अस्ट्रेलिया जाने बताइएको छ।

वर्षमा ४ महिना मात्र लिग हुने र ८ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलरहरु हतोत्साही बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्