एमाले कोशी अधिवेशन : भोलि बिहान ११ बजेबाट मतदान, यस्तो छ निर्वाचन तालिका

काठमाडौं,असोज १३ । नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा निर्वाचन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आज नोमिनेशन र भोलि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन तालिका अनुसार आइतबार बिहान ११ बजेबाट मतदान सुरु हुनेछ ।
विराटनगरमा शुक्रबारदेखि सुरु भएको अधिवेशनमा शनिबार(आज) प्रतिवेदनमाथि समूहगत छलफल गर्ने कार्यक्रम थियो । तर वर्षाले प्रभावित बनेको एमालेले जनाएको छ ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।
अधिवेशनको बन्दशत्र सञ्चालन गर्न एमालेले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल शुक्रबार नै बनाएको थियो ।