खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै बुढानीलकण्ठ स्कुल, दरखास्त माग



काठमाडौं,कात्तिक ३ । बुढानीलकण्ठ स्कुलले खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्ने भएको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्रिन्सिपलका लागि दरखास्त माग गरेको छ । 

बुढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रिन्सिपल नियुक्त गर्ने निर्णय गरेको हो । 

४० वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशन भएको २१ दिनभित्र दरखास्त दिन सूचना जारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्