टोखा वडा नम्बर १ झोर स्तरीय फुटबल प्रतियोगिताको उपाधी साविक वडा ६ लाइ



काठमाडौं,कात्तिक ३ । टोखा नगरपालिका वडा नम्बर १ झोर स्तरीय फुटबल प्रतियोगिताको उपाधी साविक वडा ६ तामाङ गाउँले हात पारेको छ ।

गत असोज १७ गतेदेखि टोखास्थित भूतखेल चौरमा जारी प्रतियोगिताको फाइनल खेलमा साविक वडा ४ (जहाँनीया गाउँ र गैरीगाउ) लाई ३-१ ले पराजित गर्दै साविक वडा ६ तामाङ गाउँले जीत हासिल गरेको हो ।

टोखा नगरपालिका नम्बर १ वडा कार्यालयको आयोजना र लालबारी युवा समुहको सह-आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलको २९ औं मिनेटमा तामाङ गाउँका आदर्श लामाले गोल गरेका थिए । पहिलो हाफ १-० मा टुङ्गिएको खेलको दोस्रो हाफको ४४ औं मिनेटमा आत्मघाती गोल गरेपछी साविक वडा ६ झोरले अग्रतामा दोब्बर बनाएको थियोे । आदर्शले खेलको ५९ औं मिनेटमा पुनः गोल गर्दै प्रतियोगिताको उपाधी पक्का गरेका थिए ।खेलको अन्तिम चरणमा साविक वडा नम्बर ४ ले सान्त्वना गोल गरेको थियोे ।

प्रतियोगितामा कुल ३ गोल गरेका आदर्श लामाले गोल्डन बुटको उपाधी हासिल गरे भने बेस्ट प्लेयरको उपाधी साविक वडा २ का डिफेन्डर सागर डङ्गोल र बेस्ट किपरको उपाधी साविक वडा ६ झोरका गोल रक्षक सोनाम तामाङले प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्