नुवाकोट एमालेका नेता तामाङको निधन



नुवाकोट,कात्तिक ९ । नेकपा एमाले नुवाकोटका नेता नेत्रबहादुर तामाङको निधन भएको छ ।

नुवाकोट एमालेका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका तामाङको ७७ वर्षको उमेरमा बिहीबार ककनी गाउँपालिका वडा नम्बर ५ मा निधन भएको हो ।

स्वर्गीय नेत्रबहादुरको बिहीबार नै बुद्ध धर्म अनुसार अन्त्येष्टि गरिएको छ । तामाङको दुई छोरा, छोरी र पत्नी रहेका छिन ।

प्रतिक्रिया दिनुहोस्