नुवाकोट पञ्चकन्याका रुद्रसिंह तामाङ बने नेपाल सरकारका विशिष्ट श्रेणीको सचिव



काठमाडौँ,असोज २– नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ स्थायी घर भएका रुद्रसिंह तामाङ नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा हुनुभएको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले सहसचिव तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो। तामाङ पञ्चकन्या गाउँपालिका–४ का स्थायी बासिन्दा हुनुहुन्छ।

सरकारी सेवामा लामो समयदेखि कार्यरत तामाङ सहसचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै उहाँ नेपाल सरकारको उच्च प्रशासनिक तहमा पुग्नुभएको हो।

पञ्चकन्याबाट सरकारी सेवाको उच्च तहमा पुग्नुभएका तामाङको सचिव पदमा बढुवासँगै जिल्लामा समेत खुसीयाली छाएको छ। स्थानीयवासीले उहाँको बढुवालाई पञ्चकन्याका लागि गौरवको विषयका रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्