दसैँको टीका थाप्न ससुराली पुगेका युवकको मृत्यु

काठमाडौं,कात्तिक ९ । दसैँको टीका थाप्न ससुराली पुगेका बुटवलका एक युवकको मृत्यु भएको छ ।
बुधबार टीका लगाएर सुतेका बुटवल– १२ तामनगरका पर्वत थापा पाल्पास्थित ससुरालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बुधबार टीका थाप्न पाल्पाको पूर्वखोला २ जल्पा पुगेका पर्वत खाना खाएर सुतेका थिए । तर, मध्यराति श्रीमतीले उठाउँदा नउठेपछि उपचारका लागि पाल्पा मिसन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।