युवतिको शव भेटियो



म्याग्दी,मंसिर १० । पर्वतको जलजला गाउँपालिका–३, स्थित माटेपानी भिरमा एक युवतीको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार सो शव म्याग्दीको मङ्गला गाउँपालिका–३, बरङ्जा घर भई हाल बेनी नगरपालिका–८, क्याम्पसचोक बस्ने ३० वर्षीया पुष्पा सापकोटाको हो । 

सदरमुकाम बेनीबाट कात्तिक २१ गतेदेखि सापकोटा बेपत्ता भएकी थिइन । आइतबार कानुनी पक्रिया पूरा गरेपछि शवलाई पोष्टमार्टमका लागि बेनी अस्पताल राखिएको प्रनाउ भुसालले जानकारी दिए । स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्