बुढानिलकण्ठमा निर्माणाधीन बाल अस्पतालका लागि नेशनल लाईफ इन्स्योरेन्सको सहयोग



काठमाडौं,मंसिर १३। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थबीच वित्तीय सहयोगसम्बन्धी सम्झौता भएको छ ।

बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन २०० बेड क्षमताको गैरनाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि कम्पनीले तीन वर्षसम्म प्रतिवर्ष रू. २५ लाखका दरले वित्तीय सहयोग उपलब्ध गराउने सम्झौता भएको हो । कम्पनीका कार्यकारी प्रमुख सुरेशप्रसाद खत्री र संस्थाका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सोही अवसरमा कार्यकारी प्रमुख खत्रीले पहिलो किस्तावापतको रकम रू. २५ लाखको चेक संस्थालाई हस्तान्तरण गरेका थिए । समारोहमा प्रा.डा. कोइरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्‍याउने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको बताए । 

प्रतिक्रिया दिनुहोस्