नुवाकोटको बेलकोटगढीले सञ्चालनमा ल्यायो तीनवटा एम्बुलेन्स



नुवाकोट,मंसिर १३ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले तीन एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले मंगलबार बेलकोटगढी नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकी, बेलकोटगढी वडा नम्बर ६, दुई पिपल स्वास्थ्य चौकी र बेलकोटगढी वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर गुरुङले सञ्चालनमा ल्याउन लागिएको एम्बुलेन्सले स्वास्थ्य चौकीको सिफारिसमा पूर्ण अपाङ्गता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निःशुल्क सेवा उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्