मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७७५ पुग्यो



मकवानपुर,मंसिर १७ । मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या सात सय ७५ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर १७ गतेसम्म पुरुष तीन सय ९५ र महिला तीन सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । 

गत २४ घण्टामा ९ जना डेंगु सङ्क्रमित थपिएका छन् । आइतबार जिल्लाको हेटौँडा उपमहानगरपालिकाका ५ जना र मनहरी गाउँपालिका ४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । जाडोयाम सुरु भएसँगै मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या घट्न थालेको हो । साउनबाट देखिन थालेको डेंगु कात्तिकबाट घट्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले जानकारी दिए । 

जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ २५६ पुरुष र २७१ महिलागरी ५३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु सङ्क्रमितको सङ्ख्या शून्य छ । 

प्रतिक्रिया दिनुहोस्