ब्रा र कट्टुमा सुन लुकाएर ल्याउने श्रीलंकन महिला त्रिभुवन विमानस्थलबाट पक्राउ



काठमाडौं,पुस २२ । दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् ।

महिलाले ब्रा र कट्टुमा सुन लुकाएर ल्याउने श्रीलंकन महिला पक्राउ परेको विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

ब्राभित्र दुई पोका बनाएर राखिएको सुनको तौल ५०० ग्राम र कुट्टुभित्र थप ८०० ग्राम गरेर कुल १ किलो ३०० ग्राम सुन फेला परेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्