एसईई नहटाउन राष्ट्रिय परीक्षा बोर्डको आग्रह



काठमाडौँ,पुस २७। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० मा लिइने माध्यमिक शिक्षा परीक्षा हटाउन नहुने बताउनुभएको हो ।

उनले विद्यार्थीहरूको गुणस्तर मापन गर्ने विधि नै परीक्षा भएको भन्दै कक्षा १० मा लिइने परीक्षा हटाएमा उनीहरूको गुणस्तर खस्किने बताए ।

प्रतिक्रिया दिनुहोस्