नुवाकोटमा १५ स्थानमा बालमैत्री स्थल सञ्चालन, ५०० भन्दा बढी बालबालिका लाभान्वित



नुवाकोट,असोज २९ । डेढ महिनाअघि आएको बाढीबाट प्रभावित बालबालिकालाई लक्षित गर्दै नुवाकोटका विभिन्न १५ स्थानमा बालमैत्री स्थल सञ्चालन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालन गरिएका यी स्थलबाट ५०० भन्दा बढी बालबालिका लाभान्वित भइरहेका छन्।

बालमैत्री स्थलमा बालबालिकाले अध्ययन, गृहकार्य, चित्रकला तथा अन्य रचनात्मक गतिविधिसँगै मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर पाइरहेका छन्।

नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठका अनुसार बालमैत्री स्थलले बाढीबाट प्रभावित बालबालिकालाई विपद्को त्रास र प्रभावबाट बाहिर निस्कन तथा दैनिक जनजीवन सामान्य बनाउन सहयोग पुर्‍याइरहेको छ।

बाढीका कारण प्रभावित बालबालिकाको सिकाइ र मनोरञ्जनमा परेको असर कम गर्दै उनीहरूलाई सुरक्षित वातावरणमा सिर्जनात्मक गतिविधिमा सहभागी गराउने उद्देश्यले बालमैत्री स्थल सञ्चालन गरिएको रेडक्रसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्