१ हजार दरको ५ थान नक्कली नोटसहित मनिषा न्यौपाने पक्राउ
काठमाडौँ,पुस २७ । काठमाडौं महानगरपालिका १६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक जना प्रक्राउ गरेका छन् । काभ्रे नवबुद्ध नगरपालका १० घर भएकी २५ वर्षीया मनिषा न्यौपानेलाई पक्राउ गरेकी हुन् ।
उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।