नुवाकोटको जनज्ञान निकेतन माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न



नुवाकोट, पुस २७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा अवस्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

शुक्रबार विद्यालय प्राङ्गणमा एक कार्यक्रम बीच वार्षिकोत्सब सम्पन्न भएको हो । विक्रम संवत २०१६ सालमा स्थापित विद्यालयले आफ्नो कालखण्डमा धेरै उत्तराचढाब बेहोर्नु परेको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

विद्यालयमा विक्रम संवत २०६३ देखि उच्च शिक्षा सञ्चालन हुँदै आएकोमा २०६९ सालदेखि बाली बिज्ञान कक्षा समेत सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै २०६६ सालदेखि स्नातक कक्षा समेत सञ्चालन हुँदै आइरहेको छ ।

वार्षिकोत्सब समारोहमा संघीय सांसद सीता मिजार, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलिया, उपाध्यक्ष बीरबहादुर तामाङ, वडा अध्यक्ष केशव रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सिटौला, प्रधानाध्यापक अर्जुनप्रसाद लामिछाने, पूर्व अध्यक्ष, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्