दाङमा गएराति बस दुर्घटना, मृत्यु हुनेको संख्या १२ पुग्यो
![](https://www.sajhapath.com/wp-content/uploads/2024/01/20240113_061559.jpg)
काठमाडौं,पुस २८ । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट गएराती बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा १७ जना घाइते छन् ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए शुक्रबार राति साढे १० बजेतिर पुलबाट राप्ती नदीमा खसेको थियो ।
दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बसले च्यापिएर धेरैजसोको मृत्यु भएको प्रहरीको भनाइ छ ।घाइतेहरुलाई उपचरार्थ बुटवल र नेपालगन्ज पठाइएको छ ।