मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड



काठमाडौं,माघ २ । लियोनेल मेस्सीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराती लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेसीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो ।

मेस्सीले किलीयन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको वर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले यस अघि २०२३ को बलोन डी ओर अवार्ड जितेपछि फिफा वर्ष खेलाडीको अवार्ड समेत जितेका छन् । उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन् । त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको वर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्