फेरि बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?



काठमाडौं,माघ ५ । साताको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

बिहीबार नेपाली बजारमा छापावाला सुन १ लाख १७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्