१९ पर्ष मुनिको विश्वकपमा नेपाल आज पाकिस्तानसँग खेल्दै



काठमाडौं,माघ १० । १९ पर्ष मुनिको विश्वकप क्रिकेटमा आज नेपाल पाकिस्तानसँग खेल्दैछ । खेल दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

अण्डर नाइन्टिन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आइतवार भएको पहिलो खेलमा नेपाललाई न्ज्युजिल्याण्डले ६४ रनले हराएको थियो ।

बुधबारको खेल नेपाललाई प्रतियोगितामा जिवित रहन निर्णायक मानिएको छ । यो खेल हारेको खण्डमा नेपाल समुह चरणबाटै बाहिरिने निश्चित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्