रानीमहल जाने बाटो बुधवारवाट बन्द



पाल्पा,माघ १३ । ऐतिहासिक एवं पर्यटकीय स्थल रानी महल जाने सडक बन्द हुने भएको छ । रानी महल जाने क्षेत्रको बैकुन्ठे भीर नजिकै सडक निर्माण गर्नुपर्ने भएकाले ४८ दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । 

तानसेनदेखि रानी महलसम्म जाने सडक यही माघ १७ गतेदेखि आगामी चैत ५ गतेसम्म बन्द गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।

रानी महल जाने सडकको बैकुन्ठे भीर क्षेत्रमा सडक बनाउनुपर्ने र सो क्षेत्रको सडक साँघुरो रहेकाले बन्द गरेर निर्माणको काम गर्नुपरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्