रुकुम पूर्वमा हिमपात
![](https://www.sajhapath.com/wp-content/uploads/2024/02/himpat-1024x559-1.jpg)
रुकुम पूर्व,माघ १८ । हिमाली जिल्ला रुकुम पूर्वको उपल्लो भु-भागमा गए रातिदेखि हिमपात परिरहेको छ । हिमपातले चिसो धेरै बढेर जनजीवन कष्टकर भएको छ । हिमपातसँँगै दैनिक जिवनका कामकाज ठप्प भएका छन ।
यस वर्ष लामो समय खडेरी रहे पनि यो सँगै तीन पटक हिमपात हुँदा कृषकको मुहारमा भने खुसीयाली छाएको छ । तल्लो भुभाग बाहेक जिल्लाका अधिकांश हिमाली भेगमा हिउँ परिरहेको छ ।
असोज, कार्तिक महिनामा बिउ छरेर जेठ महिनामा भित्र्याउने हिउँदेबाली राम्रो हुने भएपछि कृषकहरूको मुहारमा खुसी छाएको छ ।
हिमपातले उत्तर पुर्ब पुथा उत्तरगङ्गा, भुमे र सिस्ने गाउँपालिकाका उत्तरी भेगका पहाडी ठुम्कामा हिउँ सेतामै भएको छ । हिउँसँगै परेको वर्षातले सडक संजाल अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।
अघिल्लो पटकको हिमपातले सवारीसाधन नरोकिए पनि यो हिमपातले सवारीसाधन ठप्प भएर आवतजावत समस्या भएको छ ।