सरकारले भ्रष्टाचार विरुद्धको रेकर्ड नै ब्रेक गरेर कारबाही गरिरहेको छ: हित बहादुर तामाङ
काठमाडौं,माघ २१ । माओवादी केन्द्र नुवाकोटका नेता तथा संघिय सांसद हित बहादुर तामाङले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको रेकर्ड नै ब्रेक गरेर कारबाही गरिरहेको दाबी गरेका छन् ।
एक सञ्चारमाध्यमसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका तामाङले अवैधानिक तवरले भित्र्याइएको सुन, नक्कली भुटानी शरणार्थी प्रकरण, मिटरव्याजी पीडित, बाँसबारी जग्ग प्रकरणलगायतका बारेमा गरेका अनुसन्धान, कारबाही र कामहरु नै अहिलेको प्रचण्ड सरकारले गरेको मुख्यमुख्य कामहरु भएको दावी गरेका हुन् ।
यस्तै नेता तामाङले विगतमा जस्ले सिंगो राज्यलाई नै भ्रष्टाचारी गरेका थिए उनैले अहिले भ्रष्टाचार बढ्यो भन्ने सुहाउने कुरा नभएको पनि बताए ।
भ्रष्टाचारको मुद्दा जहाँ जहाँ देखापरेको छ ती मुद्दाहरुको निराकरणको लागि भ्रष्टाचारीहरुलाई कारबाहीको प्रक्रिया तीव्र रुपमा अगाडि बढाइरहेको अहिले सरकारले जनता र मुलुकको हितको लागि धेरै काम गरेको नेता तामाङको दाबी रहेको छ ।
यस्तै लुम्विनी विकाश कोषका उपाध्यक्ष ल्हारक्याल लामाबाट भएको अनियमितता र भ्रष्टाचारको प्रकरण प्रमाणसहित फेला परे छानविन र कारबाही हुने पनि नेता तामाङले बताए ।