सुनको मूल्यले बनायो एकपछि अर्को रेकर्ड, आज फेरि नयाँ कीर्तिमानी उचाईमा पुग्यो



काठमाडौं,चैत २७ । सुनको मूल्य बढ्ने क्रम अझै रोकिएको छैन । मंगलबार पनि छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।

आजका लागि छापावाला सुनको मूल्य १ लाख ३६ हजार १०० रुपैयाँ तोकिएको छ । जुन हालसम्मकै उच्च हो । नेपाली बजारमा पछिल्लो समय दैनिक रुपमा सुनको मूल्य नयाँ उचाई कायम गर्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको छ । त्यसकै प्रभाव नेपाली बजारमा पनि देखिएको हो । सोमबार पनि १ लाख ३६ हजार २०० रुपैयाँ पुगेर कीर्तिमानी उचाई बनाएको थियो । तर, आज फेरि थप महँगीएर अर्को ऐतिहासिक रेकर्ड बनाएको हो ।

साताको तेस्रो कारोबार दिनका लागि तेजावी सुनको मूल्य भने १ लाख ३५ हजार ६५० रुपैयाँ तोकिएको छ । तेजावी सुन अघिल्लो दिन पनि १ लाख ३५ हजार ५५० रुपैयाँ किनबेच भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार नेपाली बजारमा १ हजार ६८५ रुपैयाँ किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्