गृहमन्त्री सुधन गुरुङको भारत भ्रमण सम्पन्न



काठमाडौं,असोज २८ । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए।

नयाँ दिल्लीमा रहँदा उनले भारतीय गृहमन्त्री अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण गर्न प्रस्ताव गरेका थिए।

स्वदेश फर्कने क्रममा आज इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करबीच संक्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री गुरुङ गत असोज २६ गते भारत भ्रमणमा गएका थिए।

प्रतिक्रिया दिनुहोस्