राप्रपा प्रदर्शनमा झडप
काठमाडौं,चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी चार्जसमेत गरेको छ ।
मङ्गलबार काठमाडौँ भृकुटीमण्डपबाट प्रदर्शन सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले मङ्गलबार काठमाडौँ केन्द्रित जनप्रदर्शनको आयोजना गरेको सो पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।