नेपालमा पहिलो पटक सञ्चालनमा आयो मोबाइल ईभी चार्जिङ स्टेशन



काठमाडौं,चैत २७ । नेपालमै पहिलो पटक मोबाइल विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा आएको छ ।

युइएसएडको ऊर्जा नेपालको सहयोगमा यात्री इनर्जी र इ स्टोपले चार्जिङ स्टेसन बनाएका हुन् । उक्त चार्जिङ्ग स्टेसनको मंगलबार उद्धघाटन गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सहसचिव सन्दीप देव, युएसएड मिसनका कार्यवाहक निर्देशक करा वेल्चले सयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

यो चार्जिङ स्टेसन यो ३० किलोवाटको हो । आवश्यकता अनुसार विभिन्न स्थानमा लगेर सवारीसाधन चार्ज गर्न सकिने छ । सडकमै कतै चार्ज सक्किएर गाडी अलपत्र परेको बेला यो बढी उपयोगी हुनेछ ।

यो मोवाइल चार्जिङ स्टेसनले एउटा कार पूर्णरुपमा चार्ज गर्नसक्छ । आजै वाग्मती क्षेत्रभित्रका २३ वटा चार्जिङ स्टेसनको पनि शुभारम्भ गरिएको छ । उर्जा नेपालको सहयोगमा यात्री इनर्जीले १७ वटा र ई–स्टोपले ६ वटा स्टेसन निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्