नुवाकोटको पञ्चकन्यामा साबुन बनाउने तालिम सम्पन्न



नुवाकोट,चैत २८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा साबुन बनाउने तालिम सम्पन्न भएको छ ।

गत बिहीबारदेखि शुरु भएको ५ दिने झोल साबुन बनाउने तालिम पञ्चकन्या गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रम आधारभुत स्वास्थ्य सेवा बिकासको सहजिकरणमा आधारसिला सामाजिक उद्यमी महिला सहकारि संस्थाको आयोजनामा सम्पन्न भएको संस्थाकी कविता कडेलले बताइन् ।

कार्यक्रममा २२ जना स्थानीय महिलाको सहभागिता रहेको थियोे। तालिमलाई आधारभुत स्वास्थ्य बिकास कार्यक्रमकी सजना नकर्मिले सहजीकरण गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्