धुमधामका साथ मनाइयो असनमा चिलाख साटासाट गर्ने जात्रा !



काठमाडौं,चैत २८ । नेवार समुदायको चाड पाँहाचह्रेको तेस्रो दिन मंगलवार धुमधामसँग असन जात्रा मनाइएको छ ।जात्राका क्रममा रातो, नीलो र पहेंलो गरी तीन वटा रंगका टोपी र टिसर्ट लगाएका व्यक्तिहरू असनको मुख्य चोकमा भेला भएका थिए । 

हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजागाजासहितको टोलीले खटजात्रा गरी असन पुर्‍याएर जात्रा मनाउने परम्परा छ । 

तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराएर एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिलाख) साटासाट गरिन्छ । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने (द्य ल्वाकिगु) भन्ने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्