कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त



कर्णाली,चैत २८। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।  

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धन दल एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूको समर्थनसहितको हस्ताक्षर पत्र प्रदेश प्रमुख तिलक परियारसमक्ष पेस गरेसँगै प्रदेश प्रमुख परियारले नेता कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । प्रदेश सरकार गठनका लागि २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । माओवादी केन्द्रका उपसभामुखसहित १३, एमालेका सभामुखसहित १० र एकीकृत समाजवादीका एक प्रदेशसभा सदस्यको नेता कँडेललाई समर्थन छ । 

यस्तै कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक/एक प्रदेशसभा सदस्य छन् । रासस

प्रतिक्रिया दिनुहोस्