लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री



काठमाडौं,चैत २८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका छन् । 

सिंहदरबारमा मंगलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका हुन । 

‘सम्मेलनले घरेलु निजी क्षेत्र र अन्तरराष्ट्रिय प्रतिनिधिहरू बीचको अन्तरक्रिया र सञ्जाललाई उत्पादन मूल्य श्रृङ्खलामा लगानी बढाउन, नेपाली उत्पादन एवं सेवाहरूलाई विश्व बजारमा जोड्ने मञ्च प्रदान गर्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘लगानी सम्मेलनको यस मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थाहरू लगायत सरोकारवालाहरूलाई एकजुट हुन, अवसरहरू खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ ।’ 

प्रतिक्रिया दिनुहोस्