भोलि ईदको अवसरमा देशभर सार्वजनिक विदा



काठमाडौं,चैत २८। भोलि ईदको अवसरमा देशभर सार्वजनिक विदा हुने भएको छ ।

नेपाल सरकार गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) का दिन चैत्र २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मिति २०७९/१२/०२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उक्त निर्णय गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्