प्रतिनिधि सभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित



काठमाडौं,चैत २८ । प्रतिनिधि सभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले शुन्य समय सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले उठेर विरोध गरेका थिए । आ-आफ्नो स्थानमा बस्न सभामुखले पटक पटक आग्रह गरेका थिए । प्रतिपक्षी दलका सांसदहरू नबसेपछि बैठक स्थगित गरिएको हो ।

लगातारको अवरोधपछि सभामुखले संसदको बैठक वैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्