लबिम मल र ले शेर्पा रेष्टुरेन्टमा दुईओटा जापानी रेष्टुरेष्ट विस्तार



काठमाडौं,चैत २९ । जापानको खाद्यसंस्कृतीलाई नेपाली माझ चिनाउँने योजना सहित शुरू भएको होक्काइडो नेपाल बिजनेश ग्रुपले आफ्नो थप दुई शाखाहरू विस्तार गरेको छ ।

ग्रुपको प्रेस विज्ञप्ति अनुसार लबिम मल, ललितपुर र लेशेर्पा रेष्टुरेन्ट, काठमाडौंमा नयाँ आउटलेटहरू सञ्चालनमा ल्याइएको हो ।

यसअघि विस्तार भएका शाखाहरूमा बुढानिलकण्ठमा डेक्काइदो फार्म हाउस, नक्सालमा ओमाकासे, र्‍याडिसन होटल लाजिम्पाटमा इजाकाया होक्काइडा, सानेपामा होक्काइडो हाउस र बौद्धमा होक्काइडो बेन्टो हाउस रहका छन् ।

१७ वर्ष जापानी खाद्यसंस्कतिमा व्यवसायिक अनुभव हासिल गरेका ग्रुपका अध्यक्ष अर्जुन अधिकारीले सन २०१९ देखि, पार्क भिलेज होटल, बुढानिलकण्ठ, काठमाडौंमा एउटा रेष्टुरेन्ट स्थापना गरेका थिए । हाल थप ५ स्थानमा रेष्टुरेन्ट आउटलेट विस्तार भईसकेको कम्पनीले जनाएको छ । यी रेष्टुरेन्टहरूमा १७० जनाले रोजगारी पाएको ग्रुपेका विज्ञप्तिमा उल्लेख छ ।

यी रेष्टुरेन्टमा दिगो रुपमा खाद्य सामागी आपूर्ति गर्न रुपन्देहीको भैरहवामा डेक्कैडो एग्रो फार्म समेत सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

र्‍याडिसन होटलमा सञ्चालनमा रहेको इजाकाया होक्काइडो जापानी खाद्य संस्कृति प्रवर्धनमा ग्रुपको समर्पण जनाउँछ । मांसाहारी र शाकाहारी गरि ५० भन्दा बढि परिकार पस्कदै यस रेष्टुरेन्टले पस्किदै आएके छ । जापानको खाद्य संस्कृति ‘फुड कल्चर’ लाई नेपाली परिवेशमा ढाल्दै आएको इजाकायले उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै स्वच्छ र ताजा खाना उपलब्ध गराउने कम्पनीले जनाएके छ । सम्भव भएसम्म स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहनको नीति लिएको पनि कम्पनीले जनाएके छ ।

इजाकाया होक्काइडोले नेपाली र जापानी चाडपर्वहरूमा विशेष कार्यक्रमहरू र प्रवर्द्धनहरू पनि आयोजना गर्दै आएको छ । यो रेष्टुरेन्ट आइतबारदेखि शुक्रबारसम्म बिहान ११ देखि बेलुका १० खुला रहने र शनिवार अपरान्ह १२ बजेदेखि बेलुका १० बजेसम्म खुल्ला रहने ग्रुपले जनाएके छ । कम्पनीका अनुसार हाल आफ्ना सबै सेवाहरूमा १५ प्रतिशत छुट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्