ज्येष्ठ नागरिकलाई लठ्ठी उपहार



तुलसीपुर,चैत २९ । तुलसीपुर उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकलाई लठ्ठी उपहार दिएको छ । आफ्नो ३२ औँ स्थापना दिवस पारेर ५० जना ज्येष्ठ नागरिकलाई लठ्ठी प्रदान गरेको हो । 

ज्येष्ठ नागरिकलाई हिड्डुल गर्न, आवत–जावत गर्न सहज होस् भन्ने उद्देश्य राखेर लठ्ठी प्रदान गरिएको हो । त्यस्तै, दिवसकै अवसरमा ज्येष्ठ नागरिकलाई स्वास्थ शिविरको समेत आयोजना गरिएको छ । 

जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार शिविरमा हाड जोर्नी, सर्जन, आँखा, भिडियो एक्सरे, पाठेघरको जाँच गरिएको छ । शिविरमा तीनसय जना ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरिएको छ । 

शिविरमा मेट्रो अस्पतालका मेसु डा. प्रकाश साहु, स्त्रीरोग विशेषज्ञ सिर्जना हमाल, हाड जोर्नी रोग विशेषज्ञ डा. निवास शर्मा, जनरल फिजिसियन डा. भूषण भण्डारी, आँखा रोग विशेषज्ञ निकिता केसीले स्वास्थ्य चेकजाँच गरे । त्यस्तै, शिविरमा  ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्