प्रतिवेदन कार्यान्वयन गर्न शिक्षामन्त्री श्रेष्ठलाई सघाउछु- कांग्रेस महामन्त्री थापा



काठमाडौं,चैत २९ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई आफूले सघाउने बताएका छन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरिदिएकोप्रति धन्यवाद ज्ञापन गर्दै उनले प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गरेका छन् । पूर्व स्वास्थ्यमन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरिएका कतिपय सुझाव कार्यान्वयनमा आएको र कतिपय सुझाव अझै पनि कार्यान्वयनमा आउन बाँकी नै रहेकाले तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

सामाजिक सञ्जालहरूबाट प्रतिक्रिया दिँदै उनले दोषीलाई कुनै पनि बहानामा उम्किन नदिन पनि अनुरोध गरेका छन् ।महामन्त्री थापाले लेखेका छन्  ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद !’

प्रतिक्रिया दिनुहोस्