नुवाकोट लिखुको सिद्दिगणेश पुस्तकालयलाई साहित्यकार डाक्टर थपलियाद्वारा पुस्तक सहयोग



नुवाकोट,चैत २९ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्धिगणेश आधारभूत विद्यालयमा रहेको सिद्दिगणेश पुस्तकालयलाई साहित्यकार डाक्टर सत्यराज थपलियाले पुस्तक सहयोग गरेका छन् ।

बिहीबार डाक्टर थपलियाले पुस्तकालयलाई आफ्नु १७ वटा कृतिसहित पचास थान पुस्तक सहयोग गरेका हुन् ।

साहित्य क्षेत्रमा अब्बल नुवाकोट लिखु ६ स्थायी निवासी डाक्टर थपलियाले विद्यालयकी प्रधानाध्यापक कमला प्याकुरेललाई पुस्तक हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्