एक सातामा ४० रुपैयाँले घट्यो सानो गोलभेडाको मूल्य



काठमाडौं,चैत ३० । पछिल्लो एक सातामा सानो टनेलको गोलभेडाको मूल्य प्रतिकिलो ४० रुपैयाँले घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत साताको बिहीवार प्रतिकिलो ८५ रुपैयाँमा विक्री भएको टनेलको गोलभेडाको भाउ सातापछि घटेर ४५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै सानो लोकल गोलभेडाको भाउ पनि ४४ प्रतिशतले घटेको छ ।

गत बिहीवार प्रतिकिलो ४५ रुपैयाँमा विक्री भएको लोकल सानो गोलभेडा हिजो २५ रुपैयाँ प्रतिकिलो पुगेको छ भने भारतीय सानो गोलभेडा ३० रुपैयाँले घटेको छ । गत बिहीवार प्रतिकिलो ७५ रुपैयाँमा विक्री भएको भारतीय सानो गोलभेडा हिजो ४५ रुपैयाँमा विक्री भयो ।

यस्तै तराईको सानो गोलभेडा पनि किलोको २९ रुपैयाँले घटेको छ । गत बिहीवार ६५ रुपैयाँ प्रतिकिलोमा विक्री भएको सानो गोलभेडा तराई हिजो बिहीबार ३६ रुपैयाँमा विक्री हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्