हालसम्मकै उच्च बिन्दुमा सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,चैत ३० । यो वर्षको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ। आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ हजार ४०० रुपैयाँले बढेको हो । योसंगै सुन तोलामा १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

बिहीबार भने १ लाख ३६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख३८ हजार ३५० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ पनि वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने ५० रुपैयाँले बढेर १ हजार ७५० रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्