प्रधानमन्त्री र ओलीबिच भेटवार्ता
काठमाडौं,चैत ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालय पुगेका थिए ।
उनीहरुका बिचमा करिब १ घण्टासम्म कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ। भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।