एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको पाँच विकेटको जित



काठमाडौं,चैत ३० । एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो। 

ओमानको अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ  गरेको मलेसियाले दिएको १४४ को लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १९.२ बलमा भेट्टाएको हो। 

नेपालका लागि आशिफ शेखले सर्वाधिक ३२ रन जोडे । कप्तान रोहित पौडेल २८, कुशल भुर्तेल २४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । 

नेपालका लागि गुल्सन झाले नटआउट ७ बलमा १९ रन जोड्नुभयो भने सन्दीप जोराले नटआउट १२ रन बनाए । नेपालको जितका लागि गुल्सन र सन्दीपको साझेदारी महत्त्वपूर्ण रह्यो । 

नेपालको इनिङलाई कमजोर बनाउँदै मलेसियाका लागि विरनदीप सिंहले तीन विकेट लिए भने पवनदीप सिंह र मोहम्मद वाफिकले एक/एक विकेट हात पारे । 

प्रतिक्रिया दिनुहोस्