मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रियसभामा शाक्यलाई मनोनयन सिफारिस, सुन्तलालाई राष्ट्रिय फलको मान्यता



काठमाडौं,बैशाख १ । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको हो ।  

बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऎन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको सचिवालयका अनुसार सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गर्ने निर्णय भएको हो । उक्त समितिको सदस्यमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीशप्रसाद शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ छन् ।

त्यस्तै, अन्य सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य, मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधि विज्ञानवेत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संग्लन व्यक्तिमध्येबाट देहाय बमोजिमका सदस्य रहने छन् । 

त्यसैगरी, बैठकले राष्ट्रियसभामा रिक्त रहेको सदस्यमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्