काठमाडौंमा पर्खालका भित्तामा झल्कँदै नेवारी कला–संस्कृति



काठमाडौं,बैशाख १ । काठमाडौंमा पर्खालका भित्ता कलात्मक बनाउन थालिएको छ । काठमाडौं महानगरपालिकाको अभियानअन्तर्गत भवन र पर्खालका भित्ता सिंगार्न थालिएको हो । 

उक्त अभियानको शुरुआतमा नेपाल दूरसञ्चार प्राधिकरणको भित्तामा नेवारी कला–संस्कृति झल्कने पेन्टिङ गरिएको छ । भित्तामा नेवारी परम्परा झल्किने संस्कृति, जात्रा, पहिरन, परम्परागत पेशाका चित्र बनाइएका छन् । ललितकला प्रज्ञा–प्रतिष्ठानका कलाकारले उक्त पेन्टिङ बनाएका हुन् । 

पेन्टिङ बनाइएपछि भित्ता आकर्षक देखिएका छन् । जसका कारण भित्तानजिकै फोटो तथा भिडियो खिच्ने आउन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्